+
+
Shares

माधव नेपालले भने- सानो छ भनेर समाजवादीको कुप्रचार नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १५:०१
फाइल तस्वीर

भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जनताको बीचमा प्रभाव विस्तार गर्नका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।

मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरिबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको उनको भनाइ छ ।

जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको उनले बताए ।

आफ्नो पार्टीको भविष्य रहेको भन्दै यसलाई सशक्त बनाउने उनले बताए । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पुर्‍याउने उनको भनाइ छ ।

‘यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पुर्‍याउनुपर्दछ,’ उनले भने ।

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्नसकने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?