
फाइल तस्वीर
६ भदौ, काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालबाट एसीका पार्टपुर्जा चोरी भएको छ ।
चोरी गर्दागर्दै पक्राउ परेका व्यक्तिहरूमाथि अहिले चोरीको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
चोरीको आरोपमा पर्सा घर भएका २८ वर्षीय मोहमद फरमान अन्सारी भनिने महमद फरमान अन्सारी र एक नाबालक छन् । अन्सारी विगत १० वर्षदेखि एसी जडान र मर्मतको काम गर्दै आएको व्यक्ति रहेको प्रहरीले बताएको छ ।
२३ साउनमा अस्पतालको रेडियोलोजी विभागको भित्तामा जोडिएको एसीको पार्टपुर्जा चोरी गरिएको बताइएको छ ।
उनीहरूबाट पार्टपुर्जा समेत बरामद भएको थियो । बरामद भएको पार्टपुर्जा ६ हजार ५ सय रुपैयाँ बराबरको भएकाले सोही अनुसारको बिगो कायम गर्दै मुद्दा दायर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4