+

आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने, अनिलको कप्तानीमा टोली घोषणा

२०८२ भदौ  ७ गते १९:०३ २०८२ भदौ ७ गते १९:०३
आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने, अनिलको कप्तानीमा टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गुवाहाटीमा भदौ १० देखि १८ सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ।
  • नेपाल ए राष्ट्रिय टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्।
  • नेपाल ए टोलीमा १६ खेलाडी रहेका छन् ।

७ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा भदौ १० देखि १८ (अगस्ट २६–सेप्टेम्बर ३) सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्। राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो ।

यसपटकको टोलीमा १६ खेलाडी समावेश गरिएको छ। टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

यस सिरिजलाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने राम्रो अवसरका रूपमा लिइएको छ।

अनिल साह नेपाल ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय