
९ भदौ, बुटवल । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीको अध्यक्षमा सचिन रोक्का निर्वाचित भएका छन् ।
संस्थाको १८ औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशनबाट रोक्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । रोक्का यसअघि संस्थाको वरिष्ठ उपाध्यक्ष थिए ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव, उद्योग उपाध्यक्ष मधुसुदन अर्याल, वाणिज्य उपाध्यक्ष सुरेन्द्रकुमार पाण्डेय, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष धिरज कुमार मल्लिक, सचिव गौतम कुमार गुप्ता, कृष्ण प्रसाद पाण्डे र सहकोषाध्यक्षमा सन्तोष शुक्ला निर्वाचित भएका छन् ।
त्यस्तै एशोसिएट सदस्यमा रामअवध गुप्ता, सदस्यहरुमा उद्योगतर्फ रामप्रसाद भण्डारी, राम प्रसाद श्रेष्ठ र राजन विश्वकर्मा तथा वाणिज्यतर्फ दिनेश गुप्ता, गोविन्द सापकोटा जैसी, शम्भु प्रसाद यादव, विष्णु कंडेल, शिवम जयसवाल, कृष्ण प्रसाद मरासिनी र प्रिया बन्धु न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यमा माया खनाल र गिता गैरे बन्जाडे रहेका छन् । अध्यक्ष रोक्काले सिकन्दर अली र अब्दुल कयुमलाई कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।
प्रतिक्रिया 4