
८ भदौ, काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँऊ भेट गरेका छन् ।
इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए ।
उभेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् ।
भेटमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4