
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन उद्योग वाणिज्य संघको सभाहलमा नासा नेपाल संयोजनमा सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।
- कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो र भरतपुर महानगरपालिकामा गरिएको सार्वजनिक यातायात अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो।
- कार्यशालाबाट आएका सुझाव नासा नेपालमार्फत सम्बन्धित सरकारी निकायमा पेस गरिने र कार्यान्वयनको निरन्तर समीक्षा गरिने छ।
८ भदौ, चितवन । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवन उद्योग वाणिज्य संघको सभाहलमा सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो।
कार्यक्रमको सुरुवातमा नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले भरतपुर महानगरपालिकामा गरिएको सार्वजनिक यातायात सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै राय तथा सुझाव संकलन गरे। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्री राज शर्माले ट्राफिक नियम, कानुन र जिल्लाको सार्वजनिक यातायातको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सार्वजनिक यातायात समिति, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, बागमती प्रदेश अटोमोबाइल्स संघ, भरतपुर महानगरपालिका, उद्योग व्यवसायी, चालक, सहचालक, युवा र विद्यार्थीको उपस्थिति थियो।
सार्वजनिक यातायात समितिका प्रतिनिधि मित्रराज केसी, चिनी बहादुर बोहोरा, कृष्ण प्रसाद लम्साल, कृष्ण प्रसाद खनाललगायतले विद्यमान समस्या, चुनौती र सुधारका सम्भावनाबारे धारणा राख्दै सरकारी निकायलाई ध्यानाकर्षण गराए। रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्मार्ट सार्वजनिक यातायात प्रणाली लागू गर्न सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमको समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यातायात क्षेत्रमा सुधारका लागि उद्योग वाणिज्य संघले संयोजन गर्ने बताए। कार्यक्रम संयोजक सुवास भट्टराईले कार्यशालाबाट आएका सुझाव तथा मागलाई नासा नेपालमार्फत सम्बन्धित सरकारी निकायमा पेस गर्ने र कार्यान्वयनको निरन्तर समीक्षा गर्ने बताए।
प्रतिक्रिया 4