News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग ३-० ले पराजित भएको छ।
- खेलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो।
- नेपालले पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको र दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो।
८ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेलमा नेपालले पनि गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4