
News Summary
Generated by OK AI. Editorially reviewed.- यस वर्षको नाडा अटो शोमा रोयल इन्फिल्डको स्टलमा दैनिक औसत ३७ वटा बाइक बुकिङ भएको कम्पनीले बताएको छ।
- रोयल इन्फिल्डको सबैभन्दा धेरै बिक्री हुने मोडेल क्लासिक ३५० को मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सयसम्म रहेको छ।
- नाडा अटो शोमा नयाँ हिमालयन बाइक सबैभन्दा बढी चर्चामा छ, जसमा ४५० सीसीको लिक्विड–कुल्ड शेर्पा इन्जिन र गुगल म्याप्स स्क्रिन छ।
८ भदौ, काठमाडौं । यस वर्षको ‘नाडा अटो शो’ मा रोयल इन्फिल्डको स्टलमा मोटरसाइकल प्रेमीको बाक्लो भिड लागेको छ ।
कम्पनीले बाइकलाई केवल एकसाधन मात्र नभई एक विशेष अनुभवका रूपमा प्रस्तुत गरेको छ, जसलाई उनीहरू ‘प्योर मोटरसाइक्लिङ’ भन्छन् ।
यही कारण शोमा दैनिक औसत ३७ वटा बाइक बुकिङ भएको कम्पनीको भनाइ छ ।
सधैंको रोजाइ ‘क्लासिक ३५०’
रोयल इन्फिल्डको सबैभन्दा चर्चित र धेरै बिक्री हुने बाइक ‘क्लासिक ३५०’ हो । यसको पुरानो जमानाको जस्तो देखिने डिजाइनले सबैलाई आकर्षित गर्छ, तर यसमा आधुनिक सुविधा पनि छन् ।
कम्पनीका अनुसार मोबाइल चार्ज गर्न मिल्ने पोर्ट, एलईडी हेडलाइट र गियर कुन नम्बरमा छ भनेर देखाउने मिटरजस्ता विशेषताले यसलाई आजको समयमा पनि उत्तिकै सान्दर्भिक बनाएको छ ।
यो बाइक ती व्यक्तिहरूका लागि उत्कृष्ट छ जो क्लासिक लुक र दमदार आवाज मन पराउँछन् । यसको मूल्य ५ लाख ५५ हजारदेखि सुरु भएर ५ लाख ७९ हजार ९ सयसम्म पर्छ।
सहरका लागि ‘हन्टर ३५०’
विशेषगरी युवा र सहरभित्र दैनिक यात्रा गर्नेहरूका लागि ‘हन्टर ३५०’ बनाइएको हो । यो बाइक चलाउन सजिलो, हलुका र फुर्तिलो छ, जसले गर्दा जाममा पनि सजिलै चलाउन सकिन्छ ।
कलेज जाने विद्यार्थी वा अफिस जाने कर्मचारीका लागि यो निकै उपयोगी छ । यो रोयल इन्फिल्डको सबैभन्दा धेरै बिक्री हुने दोस्रो मोडेल हो । यसको सुरुवाती मूल्य ४ लाख ७९ हजार ८ सय रहेको छ ।
लामो यात्राको साथी ‘मिटियर ३५०’
यदि तपाईं लामो दूरीको यात्रा गर्न रुचाउनुहुन्छ भने ‘मिटियर ३५०’ तपाईंका लागि हो । यो बाइक विशेषगरी आरामदायी यात्राका लागि डिजाइन गरिएको हो । यसमा बसेर घण्टौंसम्म चलाउँदा पनि ढाड दुख्ने वा थकाइ लाग्ने समस्या कम हुन्छ । यो एक उत्कृष्ट क्रुजर बाइक हो, जसले लामो यात्रालाई रमाइलो बनाउँछ । यसको मूल्य ५ लाख ५५ हजार ६ सयदेखि सुरु हुन्छ ।
साहसिक यात्राका लागि ‘नयाँ हिमालयन’
यो पटकको शोमा सबैभन्दा बढी चर्चामा रहेको बाइक ‘नयाँ हिमालयन’ हो । ‘जस्तोसुकै बाटोमा पनि चल्ने’ नाराका साथ आएको यो बाइक अफ–रोड र साहसिक यात्राका लागि बनेको हो । यसमा ४५० सीसीको शक्तिशाली ‘शेर्पा’ इन्जिन छ, जुन रोयल इन्फिल्डको पहिलो लिक्विड–कुल्ड (पानीले चिसो बनाउने) इन्जिन हो ।
यसमा गुगल म्याप्स हेर्न मिल्ने स्क्रिन, विभिन्न राइडिङ मोड र २३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स जस्ता अत्याधुनिक सुविधा छन् । यो बाइकले पहाड, खोला वा कच्ची बाटो जहाँ पनि निर्धक्क भएर यात्रा गर्ने आत्मविश्वास दिने कम्पनीको दाबी छ ।
प्रतिक्रिया 4