+
+
Shares

रूसी विदेशमन्त्रीको प्रश्न : पुटिन भेट्न तयार छन् तर, के जेलेन्स्की राष्ट्रपति नै हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ९:५३

९ भदौ, काठमाडौं । रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन्।

यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् ।

लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने स्पष्ट हुन्छ।’

उनले थपे, ‘युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन् । उनी डि-फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ।’

रूस लामो समयदेखि जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएको छ। उनको कार्यकाल मे महिनामा सकिएको हो, तर किभको भनाइमा मार्शल ल लागू भएकाले उनका अधिकार बढेको छ । र, उनी अझै पनि राष्ट्रपति नै हुन्।

यसअघि वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनाव बारे प्रश्न उठाएका थिए ।

जवाफमा जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।

जेलेन्स्कीले आइतबार पुटिनसँगको प्रत्यक्ष भेटवार्ता नै युद्ध रोक्ने सबैभन्दा प्रभावकारी उपाय रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?