
News Summary
Generated by OK AI. Editorially reviewed.- कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा प्रदर्शन गरेका छन्।
- कवाड व्यवसायीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका छन्।
- महानगरपालिकाले कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै व्यवसायीहरूले मेयर बालेन शाहसँग रिसाएका छन्।
९ भदौ, काठमाडौं । काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।
आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4