+
+
Shares

ब्रिटिस कलेजले ‘छैटौं ब्रिटिस कप इन्टर कलेज फुटसल’ प्रतियोगिता गर्दै

२५ देखि २९ अगस्टसम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा सञ्चालन हुने यस प्रतियोगितामा पहिलो पटक दुई अलग–अलग डिभिजनमा प्रतिस्पर्धा गराइने छ, जसमा प्लस २ र स्नातक तहका कलेजहरूले सहभागिता जनाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:५०

९ भदौ, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले खेलकुद कार्यक्रम ‘छैटौं ब्रिटिस कप–२०२५ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने घोषणा गरेको छ । यो प्रतियोगिता यस पटक थप बृहत र व्यवस्थित रूपमा आयोजना हुन लागेको हो ।

२५ देखि २९ अगस्टसम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा सञ्चालन हुने यस प्रतियोगितामा पहिलो पटक दुई अलग–अलग डिभिजनमा प्रतिस्पर्धा गराइने छ, जसमा प्लस २ र स्नातक तहका कलेजहरूले सहभागिता जनाउनेछन् ।

सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले कलेज स्तरीय खेलकुदमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

प्रतियोगितालाई थप फराकिलो बनाउँदै यस पटक प्लस २ र स्नातक तहका लागि छुट्टाछुट्टै डिभिजन समावेश गरिएको छ ।

प्रतियोगिताको प्लस २ डिभिजनमा नाइटिंगेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, वृहस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लुबर्ड, डियरवाक, युल्लेन्स, ट्रिनिटी इन्टरनेसनल कलेज, एभरेस्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप र मनास्लु प्लस २ लगायत कलेजको सहभागिता रहने छ ।

त्यसैगरी स्नातक तहतर्फ विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेसनल कलेज, द वेस्टमिनिस्टर कलेज, थेम्स कलेज, सफ्टवेरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस अतिरिक्त, प्रतियोगिता अवधिभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र अनुशासित टिम (फेयर प्ले) लाई पनि ५ हजारदेखि १० हजार रुपैयाँसम्मको नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगितालाई सफल बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले सहकार्य गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा ‘एम्पायर एजुकेसन एन्ड भिसा सर्भिसेस’ छ ।

त्यसैगरी एडभेन्चर पार्टनरमा बाबु एडभेन्चर, हस्पिटालिटी पार्टनरमा गोदावरी भिलेज रिसोर्ट, इन्टरटेनमेन्ट पार्टनरमा क्यूएफएक्स सिनेमा, न्युट्रिसन पार्टनरमा हाइलाइफ फुड्स, सपोर्टिङ पार्टनरमा इनसाइड स्पोर्ट्स र स्मार्टफोन पार्टनरमा अनरले साथ दिएका छन् ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले छैटौं संस्करणको प्रतियोगिता आयोजना गर्न पाउँदा कलेज परिवार निकै उत्साहित भएको बताए ।

उनले भने, ‘यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा टिमवर्क र स्पोर्ट्सम्यानसिपको भावना प्रोत्साहित गर्नु हो । यसपटक प्लस २ डिभिजन थप गरेर हामीले थप विद्यार्थीहरूलाई यो प्रतियोगितामा सहभागी हुने अवसर दिएका छौं ।’

उनले प्रतियोगितालाई हरेक वर्ष परिष्कृत गर्दै लगिएको बताउँदै सफल आयोजनाका लागि सहयोग गर्ने सबै प्रायोजक, सहभागी टिम र कलेजका सहकर्मीहरूलाई धन्यवाद दिए । मण्डलले प्रतियोगिता स्थलमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहने पनि आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?