News Summary
Generated by OK AI. Editorially reviewed.- द ब्रिटिस कलेजले आफ्नो इनक्युबेसन सेन्टरबाट विकसित स्टार्टअप गो दानको औपचारिक सुरुवात गरेको छ।
- गो दानले नेपालभर सरल, सुरक्षित र पारदर्शी डिजिटल सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
- गो दानका संस्थापक अभूषण श्रेष्ठले भने, 'गो दानको उद्देश्य कठिन समयमा सहयोग पाउन मानिसलाई सजिलो बनाउनु हो।'
१२ मंसिर, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले आफ्नो इनक्युबेसन सेन्टरबाट विकसित स्टार्टअप गो दानको औपचारिक सुरुवात गरेको छ ।
विद्यार्थी नेतृत्वमा आधारित यो स्टार्टअप शुभारम्भले टीबीसीको उद्यमशीलता तथा नवप्रवर्तनप्रतिको प्रतिबद्धतामा एक महत्त्वपूर्ण माइलस्टोन रहने कलेजको भनाइ छ ।
गो दान नेपालभर सरल, सुरक्षित र पारदर्शी डिजिटल सुविधा प्रदान गर्ने उद्देश्यले विकसित गरिएको प्लेटफर्म हो । यसका संस्थापक अभूषण श्रेष्ठ (बीएससी, कम्प्युटर साइन्स–एआई)ले प्लेटफर्मका लक्ष्यबारे प्रष्ट पारेका थिए ।
‘गो दानको उद्देश्य कठिन समयमा सहयोग पाउन मानिस लाई सजिलो बनाउनु हो’ उनले भने । समारोहमा विद्यार्थी, शिक्षक तथा टीबीसी नेतृत्वको उपस्थिति थियो ।टीबीसीका एकेडेमिक डाइरेक्टर डा. डेक्लन पी. ब्याननले टोलीलाई बधाई दिए ।
समूह सीईओ तथा संस्थापक राजेन कँडेलले युवा उमेरमै व्यवसाय सुरु गरेको आफ्नो अनुभव सुनाए । गो दानको सफल शुभारम्भसँगै टीबीसीले विद्यार्थीलाई नवप्रवर्तन, सहकार्य र प्रभावकारी उद्यम निर्माणतर्फ अझ सशक्त रूपमा अघि बढाउने उनले बताए ।
प्रतिक्रिया 4