
News Summary
Generated by OK AI. Editorially reviewed.- नाडा अटो शो २०२५ मा स्काइवेलका १ सय ३१ युनिट गाडी बुकिङ भएका छन्।
- स्काइवेलको ईटी५ मोडेलले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटरको रेन्ज प्रदान गर्छ।
- जी मोटर्सले नेपालका विभिन्न शहरमा शोरुम र डिलर स्थापना गरिसकेको छ र थप डिलर खोल्ने योजना बनाएको छ।
काठमाडौं । ‘नाडा अटो शो २०२५’ मा लक्जरी तथा प्रिमियम ईभी एसयूभीका रूपमा परिचित स्काइवेलका १ सय ३१ युनिट गाडी बुकिङ भएका छन् ।
जी मोटर्स प्रालिले बिक्रीका लागि राखेका स्काईवेलका ‘बीई ११’ र ‘ईटी ५’ मोडेलमा ग्राहकले उत्साहजनक सहभागिता जनाएका हुन् ।
कम्पनीले गाडी बुकिङ गर्ने ग्राहकका लागि युरोप टुर, हिराको हार र लक्की ड्रमार्फत रोलेक्स घडी जित्ने अफर सार्वजनिक गरेको थियो ।
‘यस वर्षको नाडा अटो शोमा स्काइवेलका प्रिमियम एसयूभीमा ग्राहकको इच्छा र बुकिङ तत्परता देखेर हामी उत्साहित छौं,’ जी मोटर्सका अध्यक्ष कैलाशबाबु गेलालले भने, ‘आयोजक नाडा, सम्पूर्ण आगन्तुक र मिडियालाई धन्यवाद दिन चाहन्छौं ।’
विशेषगरी स्काइवेलको ईटी५ मोडेल नेपालमा उपलब्ध ईभीमध्ये सर्वाधिक रेन्ज दिने एसयूभी हो । यसमा ८६ किलोवाट आवरको ब्याट्री प्याक र १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
सीएनएसीपी–५ स्टार सेफ्टी रेटिङ प्राप्त यो गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर भएको टेलगेट र फुल साइज प्यानारोमिक सनरुफ जस्ता प्रिमियम विशेषता छन् ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल र टर्की लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएका छन् । नेपालमा जी मोटर्सले हाल नक्साल, राधेराधे भक्तपुर र इटहरीमा आफ्नै शोरुम सञ्चालन गरिरहेको छ ।
बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको र निकट भविष्यमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर खोल्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4