News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं म्याराथन २०२५ आगामी नोभेम्बर १ मा सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं नाराका साथ आयोजना हुँदैछ ।
- म्याराथनमा विद्यालयका विद्यार्थीदेखि कम्पनीका सिईओसम्म सबै उमेर समूह र पेशाका मानिस सहभागी हुन सक्नेछन् ।
- ४० वर्षमाथि मास्टर क्लास विधा र विभिन्न दूरीका दौडहरू उपलब्ध छन्, र १००० जना सहभागीले दर्ता गरिसकेका छन् ।
९ भदौ, काठमाडौं । सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ नेपालकै प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी नोभेम्बर १ मा आयोजना हुँदैछ ।
एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा हुने काठमाडौं म्याराथनले सबै उमेर समूह र पेशालाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।
काठमाडौं म्याराथन केवल दौड मात्र नभएर प्रत्येक पुस्तालाई खेलकुद, स्वास्थ्य,अनुशासन र एकताको सन्देश दिने अभियान रहेको आयोजकले जनाएको छ । ।
जसमा विद्यालयका विद्यार्थी, अनुभवी खेलाडी, शिक्षक, बैंकका कर्मचारी, व्यवसायी, रेस्टुरेन्टका कर्मचारीदेखि कम्पनीका सिईओसम्मले सहभागिता जनाउनेछन् । यस्तै साना बालबालिकाहरू परिवारसँगै सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
यस संस्करणमा ४० वर्षमाथि सहभागिका लागि मास्टर क्लास विधामा (४०+, ५०+, ६०+) समेत व्यवस्था गरिएको छ । विद्यालयका विद्यार्थीहरूको लागि ३ किमी स्कुल रन, सर्वसाधारणका लागि ३ किमी ओपन रन, ५ किमी ओपन रन र १० किमी ओपन रनमा प्रतिस्पर्धा हुनेछ भने कर्पोरेट तथा अन्य समूहहरूको लागि ग्रुप रनको पनि व्यवस्था गरिएको छ ।
यस वर्षको म्याराथनमा एक हजार जना सहभागीहरूले नाम दर्ता गरिसकेको र अझै दर्ता खुला रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4