
News Summary
Generated by OK AI. Editorially reviewed.- गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप गरिएको छ।
- उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो।
- उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ र यसअघि तरबारले केक काटेको आरोपमा पनि पक्राउ परेका थिए।
१० भदौ, काठमाडौं। गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ ।
अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो ।
उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।
उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4