
'रेस लामा' भनिने गोपाल मोक्तान । फाइल फोटो
९ भदौ, काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । त्यसैले प्रहरीले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको हो ।
यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4