
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ।
- सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई जिम्मेवारी दिने तयारी भइरहेको छ।
- सभापति शेरबहादुर देउवाको नेतृत्वमा शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको छ।
१० भदौ, काठमाडौं। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने भएको छ ।
सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्यव्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो ।
समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।
समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4