
१० भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा सरकारले गठन गरेको तदर्थ समितिमा सरकारले अल्पकालीन आदेश दिएको छ । रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सुदर्शन नेपालले दायर गरेको रिटमा मंगलबार अदालतले आदेश दिँदै विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको हो ।
सरकारले गठन गरेको तदर्थ समिति गठन गर्नुको कारण माग गर्दै सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो ।
रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सुदर्शन नेपालले दायर गरेको रिटमा मंगलबार अदालतले आदेश दिँदै विपक्षीका नाममा कारण देखाउ आदेश दिएको छ ।
वर्तमान सरकारले कांग्रेस र एमालेबाट भागबन्डा हुनेगरी विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
त्यसविरुद्ध पूर्व अध्यक्ष नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउसहित अन्तरिम आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4