+
+
Shares

निखिलले पश्चिम बंगालबाट थाले महत्वाकांक्षी फिल्म ‘आचार्य’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो फिल्म 'आचार्य'को छायांकन भारतको पश्चिम बंगलास्थित डुअर्सबाट सुरु गरेका छन्।
  • छायांकन ७ दिन भारतमा हुनेछ र त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा हुनेछ, २५ दिनपछि टोली नेपाल आउनेछ।
  • फिल्मको नाम 'आचार्य' राखिएको कारण निखिलले महाभारतकालीन शास्त्र र शस्त्र जान्ने व्यक्तिलाई आचार्य भनिने बताए।

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगलास्थित डुअर्सबाट थालेका छन् ।

शुक्रबारदेखि त्यहाँ सुरु छायांकन तालिका ७ दिन चल्नेछ । निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् ।

निखिल स्वयम निर्देशक पनि हुन् । ‘इन्डिया ट्राभलको कथाको भाग अहिले छायांकन भैरहेको हो । त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा हुनेछ । २५ दिनपछि छायांकन टोली नेपाल आउनेछ ।

काठमाडौं र स्याङ्जासहितका नेपाली थलोमा पनि हुने छायांकन ६० दिन चल्ने निखिलले अनलाइनखबरलाई जानकारी दिए ।

निर्देशक समेत रहेका निखिल स्वयम यसमा शीर्ष भूमिकामा छन् । पूर्णिकासहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका सहायक कलाकार पनि छन् ।

फिल्मलाई विश्वब्यापी रिलिज गर्ने योजना छ । ‘यसमा वल्र्ड क्लासको एक्सन हुनेछ, जसलाई देखेर बाहिरका ओटीटीले पनि स्थान दिनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं’ उनले भने । फिल्मको पटकथा निखिल आफैले लेखेका हुन् ।

फिल्मको नाम ‘आचार्य’ किन राख्नुभयो ? यसमा निखिलको जवाफ छ, ‘ आचार्य कसलाई भनिन्छ भने जसले शाष्त्र र शष्त्र पनि जान्दछ । महाभारत त्यो कालमा मात्र थिएन, अहिले पनि छ । सानो रुपमा घरमा र ठूलो रुपमा देशमा पनि छ । महाभारत जहिले पनि छ र सदा छ ।’

निखिलले यो फिल्मको विषयवस्तु सशक्त रहेको बताए । यो फिल्मबाट अभिनेत्री संचिता लुइँटेलले नृत्य निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । एक गीतमा संचिताले कोरियोग्राफी गर्ने तय छ ।

सन् २००१ मा रिलिज भएको ‘पिँजडा’बाट घरेलु फिल्ममा डेब्यु गरेका निखिलको पहिचान एक्सन स्टारको रुपमा छ । उनले करिअरमा झण्डै सय फिल्म दर्शकलाई दिएका छन् । ‘आचार्य’ उनको दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनी निर्देशित ‘भैरव’ सन् २०१५ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?