+
+
Shares

काभ्रेको नालाबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्वीरहरू)

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिङ्गो बनाउने काठ काठमाडौं ल्याइएको हो । 

कमल प्रसाई कमल प्रसाई
२०८२ भदौ १० गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्द्रजात्राको लागि काभ्रेको नाला जंगलबाट पूजा गरी काटिएको लिङ्गो काठमाडौं ल्याइएको छ।
  • लिङ्गो तान्दै हनुमानढोका पुर्‍याउँदा मंगलबार काठमाडौंका सडकमा सवारी जाम भएको थियो।
  • भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ।

१० भदौ, काठमाडौं। इन्द्रजात्राको लागि चाहिने लिङ्गो (रूख) काभ्रेको नाला जंगलबाट काठमाडौं ल्याइएको छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिङ्गो बनाउने काठ काठमाडौं ल्याइएको हो ।

उक्त लिङ्गो तान्दै हनुमान ढोका पुर्‍याइएको छ ।  लिङ्गो पुर्‍याउने क्रममा मंगलबार काठमाडौंका सडकमा सवारी साधनको जाम भएको थियो ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ ।

परम्परागत रूपमा नेवार समुदायहरूले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म विभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ ।

यस जात्राको प्रमुख कार्य लिङ्गो स्थापना हो। हनुमान ढोका दरवार क्षेत्रमा ध्वजापताकाले सजाइएको लिङ्गो ठड्याउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि जात्रा सुरु हुन्छ ।

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिङ्गो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?