+
+
Shares

बन्दीपुर केबुलकारको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुलेको छ।
  • कम्पनीले २ अर्ब ८३ करोड जारी पूँजीको २०.७० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको छ।
  • कम्पनीको मुख्य व्यवसाय केबुलकार, होटल सेवा र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्नु हो।

११ भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ ।

जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो । बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीअन्तर्गत रहेको होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान छ ।

कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको छ ।

केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको छ ।

ब्याजसहित केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ ।

साधारण लगानी फिर्ता अवधि अनुमान ८.२२ वर्ष रहेको छ । कम्पनीले स्काईवाक, बन्जीजम्प, स्विङ्ग तथा अन्य मनोरञ्जनात्मक पुर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?