+
+
Shares

संवैधानिक इजलासमा प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसार नभई आफैंले न्यायाधीश छनौट गर्ने अधिकार प्रयोग गरेको बताए।
  • संवैधानिक इजलासमा न्यायाधीश तोक्ने परम्परा वरिष्ठताको आधारमा हुँदै आएको थियो।
  • वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको निर्णयको विपक्षमा उभिएका थिए।

११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् । प्रधान्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।

संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले रोष्टरमा भएकामध्येबाट  गोला प्रथा गरेर अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।

यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए ।

राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?