+
+
Shares

काठमाडौंका सडकमा खाल्डाखुल्डी पुर्दै सडक डिभिजन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १२:३२

११ भदौ, काठमाडौं । काठमाडौंलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ ।

सडक डिभिजन काठमाडौंको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौंको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ र स्थानीय सरकारको आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?