+
+
Shares

माल्टाको सडकमा घुम्दै थिए अमृत, एक विदेशीले गाउँदै थिए-चरी मर्‍यो..

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यका मुख्य गायक अमृत गुरुङ माल्टामा हिँड्दा स्थानीय वृद्ध कलाकार बेनी ग्रिमाले नेपथ्यको गीत गाइरहेका थिए।

काठमाडौं । अहिले नेपथ्य ब्याण्ड युरोप टुरमा निस्केको छ । यही सिलसिलामा हालै मात्र नेपथ्य माल्टाको राजधानी भ्यालेटा पुगेको छ । जहाँ नेपथ्यले आज प्रस्तुति दिँदै छ।

प्राय: नेपथ्यका मुख्य गायक अमृत गुरुङ घुमिरहन्छन् । त्यही क्रममा उनी माल्टाको राजधानीमा साँझ पख हिँडिरहेका थिए । उनलाई एउटा अपरिचित आवाजले तान्यो ।

त्यहाँ स्थानीय वृद्ध कलाकारले नेपथ्यकै गीत गाइरहेको थियो-तालको माछा कोही गन्न सक्दैन, तालको माछा कोही गन्न सक्दैन…

अहिले सामाजिक सञ्जालमा त्यस समयको भिडिओ भाइरल भइरहेको छ । जहाँ ती वृद्ध गायक बाटोमा बस्किङ गरिरहेका छन् भने हरियो सर्ट, चस्मा र ब्यागमा सजिएका अमृत रमाइलो मानिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म harrypoudel31 युजरआईडीबाट टिकटकमा हालिएको भिडियोमा १४ लाख बढी भ्युज गएको छ । त्यस्तै त्यो पललाई अमृत गुरुङले आफ्नो फेसबुकमा पनि पोस्ट गरेका छन् । जहाँ यसबेलासम्म ३१ हजार बढी रियाक्सन र साढे ६ लाख बढी भ्युज आइसकेको छ ।

यो घटनालाई त्यहाँको स्थानीय सञ्चार माध्यम माल्टा डेलीले समेत कभर गरेको छ । जहाँ ती वृद्ध गायक बेनी ग्रिमा भएको उल्लेख छ । जो धेरै भाषाहरूमा गीत गाउने एक लोकप्रिय ‘स्ट्रिट म्युजिसियन’ अर्थात सडकमा गीत गाउँदै हिँड्ने कलाकार हुन् ।

ग्रिमाले नेपथ्यको गीत गाइरहँदा प्रस्तुति हेर्न धेरै मानिसहरूको जम्मा भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?