+
+
Shares

मिल्वाकीमा एड्रियन, महेश र अस्मिताले प्रस्तुति दिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको मिल्वाकी शहरमा सेप्टेम्बर ६ मा \'सोलफुल यूएसए यात्रा\' अन्तर्गत सांगीतिक कार्यक्रम आयोजना हुने छ।
  • कार्यक्रममा गायक एड्रियन प्रधान, महेश काफ्ले र गायिका अस्मिता अधिकारीले प्रस्तुति दिनेछन्।

काठमाडौं । अमेरिकाको मिल्वाकी शहरमा आगामी सेप्टेम्बर ६ मा ‘सोलफुल यूएसए यात्रा’ का क्रममा सांगीतिक कार्यक्रम हुनेभएको छ ।

गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा गायक तथा संगीतकार एड्रियन प्रधान, गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ ।

एड्रियन प्रधानका छुँदैन, हिँड्दा हिँड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायत शीर्षकका गीतहरू लोकप्रिय छन् । महेश काफ्लेका माया बिरानी, नाच फिरिरि, तातो गोली तथा अस्मिता अधिकारीका तिमी मेरो हौ, राधा कृष्ण, मायाको फेरि, किन पाए, पवित्र माया र फेरियो थर मेरो लगायतका गीतहरू लोकप्रिय छन् ।

उक्त कार्यक्रम साँझ ४ बजेदेखि ९ बजेसम्म मिलवाकी स्थित मिलवाकी स्टिट क्राउन प्लाजामा आयोजना हुनेछ।

यस किसिमका सांगीतिक कार्यक्रम अमेरिकामा रहेका नेपाली समुदायका लागि मनोरञ्जनसँगै संस्कृति, परम्परा र आपसी सम्बन्धलाई जोगाउने माध्यम बन्ने फुलाराले बताए ।

सांगीतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली गीत–संगीत र संस्कृतिसँग जोड्ने मात्र नभई परदेशमा नेपालीपन जगेर्ना गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?