+
+
Shares

राज्य व्यवस्थाको निर्णय विधायन समितिले उल्ट्यायो, सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति

संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको छ।
  • प्रतिनिधिसभाले निजामती सेवामा उपसचिवमा मात्र खुला प्रतिस्पर्धा गर्ने विधेयक पारित गरेको थियो।
  • नासु पदपूर्ति विषयमा प्रतिनिधिसभाले शतप्रतिशत प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सभामा खुला प्रतिस्पर्धा प्रस्ताव छ।

११ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा विधेयकमाथिको दफाबार छलफलको क्रममा  सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको हो ।

छलफलमा सहभागी सांसदहरूले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्दा राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

बुधबारको समिति बैठकले सांसदहरूको सोही प्रस्ताव अनुसार विधायन समितिले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभाले भने निजामती सेवामा उपसचिवहरूमात्रै खुला प्रतिस्पर्धाबाट गर्ने गरी विधेयक पारित गरेको थियो ।

उक्त निर्णय उल्टाउँदै विधायन समितिले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको हो ।

विधायन समितिकी सभापति तुलसीकुमारी दाहालले सरकारले सुरुमा विधेयक ल्याउँदा गरेको प्रस्ताव अगाडि बढाइएको बताइन् । प्रतिनिधिसभाले गरेको निर्णय चलाएर यस्तो निर्णय  गरिएको उनको भनाइ छ । ।

नासुको विषयमा पनि प्रतिनिधिसभाले गरेको निर्णयमाथि राष्ट्रिय सभामा छलफल चलिरहेको छ । प्रतिनिधिसभामा शतप्रतिशत प्रतिस्पर्धाबाट नासु पदपूर्ति हुने गरी पठाएको छ ।  तर राष्ट्रिय सभामा सांसदहरूले प्रचलित व्यवस्था अनुसार नासुको पनि खुला  प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?