+
+
Shares

पीसीआई सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिलको क्षेत्रीय बोर्डमा नेपालको स्मार्टच्वाइस टेक्नोलोजिज छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १८:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्रि सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआई एसएससी) को दक्षिण एसिया क्षेत्रीय बोर्डमा सदस्यका रूपमा चयन भएको छ ।

सन् २०२५–२०२६ अवधिका लागि यो बोर्डमा छनोट हुने एससीटी नेपालको एकमात्र संस्था हो । बोर्डमा एससीटीसँगै गुगल इन्क, नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका चर्चित संस्थाहरूको पनि प्रतिनिधित्व रहनेछ ।

पीसीआई सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल एक विश्वव्यापी मञ्च हो । जसले पीसीआई डीएसएस लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवर्द्धन गर्छ । यसले भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न तथा रोक्न काम गर्दै आएको छ ।

भारत–दक्षिण एसियामा पहिलो पटक गठन भएको यस क्षेत्रीय बोर्डले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्त्वलाई प्रतिविम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गर्ने बताइएको छ ।

क्षेत्रीय संलग्नता बोर्डका सदस्यका रूपमा एससीटीले दक्षिण एसियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे पीसीआई एसएससीलाई परामर्श प्रदान गर्ने, मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने र दक्षिण एसियाभर पीसीआई एसएससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।

एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले यस प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु सम्मानजनक भएको बताए । उनले यस सम्मानले नेपाल र दक्षिण एसियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने एससीटीको प्रतिबद्धतालाई पुष्टि गर्ने बताए । ‘हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तत्पर छौँ,’ घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?