+
+
Shares

अवरुद्ध भएको बिपी राजमार्गको रोशी खण्ड खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ७:५४
फाइल तस्वीर ।

१२, भदौ, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ ।

रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा  रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ ।  बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ ।

वर्षा भइरहेकोले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?