+
+
Shares

डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  • जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ।
  • मृतकको सनाखत हुन बाँकी छ र दुर्घटनाको कारण पनि खुलेको छैन ।

१२ भदौ, धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको बताए ।

उनकाअनुसार घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक विष्टले बताए ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिए पनि अझै यकिन हुन नसकेको उनले बताए ।

दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

उक्त जिप करिब सवा नौ बजेतिर दुर्घटना भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?