+
+
Shares

यस्तो छ ठूला ब्रोकरबाट भएको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सेयर बजारमा कुल ८ अर्ब ९ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५.३ प्रतिशत बढी हो।
  • ठूला १० ब्रोकरमार्फत भएको कारोबार रकम कुलमा ३२ प्रतिशत छ र खरिद बिक्री रकम लगभग बराबर छ।
  • नेप्से परिसूचक ३८ अंकले घटेको छ र नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीमा धेरै कारोबार भएको छ।

१२ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ८ अर्ब ९ करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ५.३ प्रतिशत बढी हो ।

ठूला १० ब्रोकरमार्फत आजको कारोबारमा ३२ प्रतिशत हिस्सा छ । अर्थात् १० ठूला ब्रोकर कम्पनीको टीएमएस प्रयोग गरी भएको कारोबार रकम कुलमा ३२ प्रतिशत हो ।

१० ठूला ब्रोकरबाट आज भएको कारोबारमा खरिद र बिक्री रकम करिब उस्तै छ । २ अर्ब ६४ करोड ९४ लाख रुपैयाँको खरिद हुँदा २ अर्ब ६४ करोड ८० लाखको बिक्री भएको छ । चारमार्फत खरिद बढी हुँदा ६ मार्फत बिक्री बढी भएको छ ।

नासा, सनी, डायनामिक र एबीसीमार्फत खरिद बढी भएको छ । त्यस्तै इम्पेरियल, भिजन, आर्यतारा, अनलाइन, क्यापिटल र श्रीकृष्णमार्फत बिक्री बढी भएको छ ।

आज ठूला १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर, लुम्बिनी विकास बैंक लगायत छन् । यस दिन नेप्से परिसूचक ३८ अंक घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?