+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
७७ बलमा १२५ रन आवश्यक
चितवन राइनोज 2025
45/3 (7.1)
Shares

२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ : माधव सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १३ गते १४:१०

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।

तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर पर्ने बताए ।

‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फको दुवै वटा नाका बन्द छन्, यसले चाडबाडको मुखमा हामी छौं,’ उनले भने, ‘यसले बजार भाउ अपत्यारिलो ढंगबाट आकासिने सम्भावना बढेर गएको छ तर, सरकार नियमित काम जस्तो सामान्य एउटा मेसिन लगाएर इको पहिरोमा खेलिराखेको छ ’

उनले साधन स्रोतको प्रयोग गरेर तत्काल पहिरोको व्यवस्थापन गरी चीन जोडिने नाका खुलाउन माग गरे ।

सांसद सापकोटाले उखुमा दिँदै आएको अनुदान कटौती निन्दनीय भएको भन्दै विरोध जनाए । उखु किसान र दुग्ध किसानका माग पूरा गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?