+
+
Shares

हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते ९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘एचएलआई लार्ज क्याप फन्ड’मा लगानी आवेदन भदौ १५ देखि खुलेको छ।
  • कुल ४० करोड इकाइमध्ये २० करोड इकाइ सर्वसाधारणका लागि र बाँकी २० करोड इकाइ हिमालयन लाइफलाई छुट्याइएको छ।
  • आवेदन भदौ १८ गतेसम्म खुल्नेछ र बाँकी इकाइ बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन खुल्नेछ।

१५ भदौ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा सञ्चालन हुने म्युचुअल फन्ड ‘एचएलआई लार्ज क्याप फन्ड’मा लगानी आवेदन खुलेको छ ।

कुल ४० करोड इकाइमध्ये २० करोड इकाइ विभिन्न संघसंस्था तथा सर्वसाधारणका लागि आजदेखि निष्कासन गरिएको योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले जनाएको छ ।

बाँकी २० करोड कित्ता कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई छुट्याइएको छ । सर्वसाधारणले न्यूनतम १०० तथा अधिकतम ४ करोड इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।

छिटोमा भदौ १८ गतेसम्म र सो अवधिमा सम्पूर्ण इकाइ बिक्री नभएमा २९ गतेसम्म आवेदन खुल्नेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?