
१७ भदौ, काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब चार मिटर तल खसेको छ । ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान गरिएको उनले बताए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4