+
+
Shares

दार्चुलामा अटो दुर्घटना : २ शव भेटिए, एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ९:३१

१७ भदौ, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अटो दुर्घटना भएर नौगाड खोलामा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जना मृत फेला परेका छन् । एक जनाको अवस्था अझै अज्ञात छ ।

होपरीगाडबाट मसिने बगरगर्फ गइरहेको म. १ ह ११४८ नम्बरको अटो सोमबार दिउँसो करिब साढे १ बजेतिर खोलामा खसेको थियो ।

सडकबाट करिब ४०/५० फिट तल खसेको अटो खोजतलासको क्रममा नौगाड गाउँपालिका–६ डाँडा बस्ने अन्दाजी १०/१२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामीको शव फेला परेको हो ।

आरुषाको शव स्थानीय बासिन्दाले घटनास्थलदेखि अन्दाजी ६/७ सय मिटर पश्चिमतर्फ र

भागाको शव घटनास्थलदेखि अन्दाजी ७/८ किलोमिटर पश्चिमतर्फ खोला किनारमा सशस्त्र प्रहरी र विद्युतका कर्मचारीहरुले फेला पारेका थिए ।

सोही ठाउँकी ४७ वर्षीया चाखुरीदेवी धामी भने बेपत्ता छिन् ।  उनको खोजी जारी छ ।

अटोमा चालकसहित ५ जना सवार थिए । तीमध्ये १६ वर्षीय आयुष भुलको दायाँ हातमा चोट लागेको छ ।

दुर्घटनास्थलमा चमेलिया जलविद्युत सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहर नायव निरीक्षक दलजित सिंह डोबालको कमाण्डमा १० जनाको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?