
१७ भदाै, हुम्ला । हिमालपारिकाे गाउँ भनेर चिनिने उत्तरी नाम्खा गाउँपालिका- ६ काे लिमी उपत्यकामा नयाँ जनावर वन बाख्रा भेटिएकाे छ ।
लिमी उपत्यकाकाे लिमी लाप्चा क्षेत्रमा जंगली जनावर वन बाख्रा फेला परेकाे छ ।
याे क्षेत्रमा अझै पहिचान हुन नसकेका जनावर भेटिने गरेकाे नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङले अनलाइन खबरसँग जानकारी दिए ।
लिमी उपत्यका वन चाैरी, वनघाेडा, वन बाख्रा लगायत रहेकाे वडाध्यक्ष तामाङले बताए। यस क्षेत्र अध्ययन गर्नुपर्न अवस्था रहेकाे तामाङले बताए ।
नयाँ नयाँ जनावर, विभिन्न प्रजातिका चराचुरुङ्गी , लिमी उपत्यकामा फेला पर्न गरेकाे वडाध्यक्ष तामाङको भनाइ छ। यस क्षेत्रमा जंगली जनावरकाे चाेरी सिकारी खतरा रहेकाे उनकाे भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4