
१७ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ ।
बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री बेइजिङ पुगेका थिए ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री ओली सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।
प्रतिक्रिया 4