
१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने केही दलहरू प्रक्रियामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4