+
+
Shares

‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केदार घिमिरे स्टारर फिल्म 'माग्ने राजा'ले १२ औं दिनसम्म ४ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्म 'माग्ने राजा'मा केदारले धनी बन्ने सपना बोकेको पात्रको भूमिका निर्वाह गरेका छन्।
  • ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरे निर्मित फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो।

काठमाडौं । केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो ।

ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ ।

यो फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?