+
+
Shares

‘जहाजैमा’ बन्ने अन्योलबीच कृषाले ‘पारस’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक कृषा चौलागाईंले 'पारस' शीर्षकमा नयाँ प्रेमकथामा आधारित फिल्म बनाउन फागुनदेखि छायांकन सुरु हुने बताएकी छन्।
  • 'पारस' फिल्म विशाल चौलागाईंको लगानीमा केपी फिल्मसको ब्यानरमा बन्ने र पटकथा सचिन लादियाले लेखेको छ।
  • कृषाले 'जहाजैमा' फिल्म निर्माण कार्य अघि बढेको छैन र 'पारस' पछि निर्माण हुने जानकारी दिइन्।

काठमाडौं । ‘पारस’ फिल्मको शीर्षकसँग नेपाली फिल्ममा अलग्गै विगत छ । सुरुमा ‘लुट’ फेम्ड निर्माता माधव वाग्लेले यो शीर्षकमा फिल्म बनाउन प्रक्रिया अघि बढाए ।

वाग्लेले छाडेपछि भुवन केसी यो शीर्षकमा फिल्म बनाउन तयार भए । तर, साउन महिनामा निर्देशक कृषा चौलागाईंले यो शीर्षकमा फिल्म दर्ता गरेकी छन् ।

यसको औपचारिक घोषणा कृषाले जन्मदिनको अवसरमा बुधबार आयोजित एक भेटघाटमा गरिन् । केही महिनाअघि जापान पुगेर ‘जहाजैमा’ फिल्म बनाउने घोषणा उनले गरेकी थिइन् ।

अहिले त्यो फिल्मको निर्माण कार्य अघि बढेको छैन । अघिल्लो फिल्मबारे अन्योल रहँदा चौलागाईंले ‘पारस’ बनाउने बताएकी छन् ।

विशाल चौलागाईंको लगानीमा बन्ने जनाइएको ‘पारस’को पटकथा सचिन लादियाले लेखेका हुन् । छायांकन पुरुषोत्तम प्रधानले गर्ने जनाइएको छ ।

केपी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पारस’को छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ । यो फिल्म प्रेमकथामा आधारित हुने उनले बताएकी छन् ।

यो फिल्मका कलाकारबारे बताइएको छैन । उनले भनिन्, ‘यो फिल्मलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ । मैले निर्देशन गर्दैछु ।’ सो अवसरमा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि थिए ।

साथै, कृषाले यसअघि बनाउने भनेको फिल्म ‘जहाजैमा’को निर्माताको रुपमा चिनाइएका उज्वल गुरागाईं पनि थिए । उक्त कार्यक्रममा गुरागाईंले ‘पारस’पछि ‘जहाजैमा’ निर्माण हुने बताएका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?