१९ भदौ, काठमाडौं । संघीय राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल हुँदैछ ।
बुधबार बस्ने सभाको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ ।
यही भदौ १७ गते राष्ट्रिय सभाले यो विधयक पारित गरेको थियो । प्रतिनिधि सभाबाट गत असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो ।
राष्ट्रिय सभाबाट समेत पारित भएर पुन: प्रतिनिधि सभामा आएको हो । राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल भएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरित भएर लागू हुन्छ ।
प्रतिक्रिया 4