
२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् ।
सर्वपक्षीय विमर्श नगरी सञ्जालहरू बन्द गर्न खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।
‘सार्वजनिक सञ्जालजस्तो आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरंकुश प्रवृत्ति हो,’ विप्लवले भनेका छन्, ‘सरकारले सच्याउन आवश्यक छ ।’
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सामाजिक सञ्जालमा रोक लगाउन निर्देशन दिएको थियो ।
सोही अनुसार केही सञ्जालहरू नचल्ने पनि भएका छन् ।
जसको केहीले प्रशंसा गरेका छन् भने अधिकांश विरोधमा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4