
२१ भदौ, विराटनगर । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’
पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किएको बारे सोधिएको प्रश्नमा सभापति देउबाले संविधानले यस बारे कुनै कुरा नबोलेको बताउनु भयो । कांग्रेस पार्टीको महाधिवेशनको मिति केन्द्रिय समितिले तोक्ने समयमा नै तोक्ने उहाको भनाइ छ ।
सभापति शेरबहादुर देउबाले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको स्पष्ट पारे । उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे कुनै कुरा नभएको पनि बताए ।
देउवाले कांग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गरे ।
संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने उनले बताए । दुई–तिहाई बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने देउवाले बताए ।
सामाजिक सञ्जालसम्बन्धी विवादबारे उनले सरकारले बन्द गर्न नभई अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको धारणा राखे ।
प्रतिक्रिया 4