+
+
Shares

राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीहरूले सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताइन् ।
  • उनले निजामती सेवा दिवसको अवसरमा सरकारले कर्मचारीहरूको काममा अनुगमन र मूल्यांकन कडाइका साथ लागू गर्नुपर्ने औंल्याइन् ।
  • भण्डारीले राष्ट्रसेवक कर्मचारीहरूको योगदानलाई अवमूल्यन गर्ने काम गर्न नहुने पनि बताइन् ।

२१ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन् ।

भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरूले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताएकी हुन् ।

निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्र सेवक कर्मचारीहरूको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कडाइका साथ लागु गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो’ उनले भनिन्, ‘उनीहरूको सो भूमिका निर्वाह गरिरहेका पनि छन् ।’

उनले थपिन्, ‘तर, कहिलेकाँही एउटा रूखमा सबै सुन्तला पाक्दैनन् । कहिलकाँही झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रूपमा लिनु हुँदैन ।’

सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाइका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो ।

‘तपाईंले सरसफाइको लागि हरेक दिन नुहाउनुपर्छ । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन’ उनले भनिन्, ‘तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’

भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?