+

एभरेस्ट महिला भलिबल लिगमा आज दुई खेल हुँदै

२०८२ भदौ  २२ गते ९:०९ २०८२ भदौ २२ गते ९:०९
एभरेस्ट महिला भलिबल लिगमा आज दुई खेल हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच पहिलो खेल दिउँसो २ बजे सुरु हुनेछ।
  • लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ र दुवै टोली पहिलो जितको खोजीमा छन्।
  • पोखराको घरेलु टोली लगातार दुई खेल हारिसकेकोले आजको खेल जित्नैपर्ने अवस्थामा छ र कप्तान अरुणा शाही घाइते भएर खेल्ने छैनन्।

२२ भदौ, पोखरा । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत तेस्रो दिन आज दुई खेल हुँदैछ ।

पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ ।

दुई खेल खेलिसकेको मधेशले एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको मधेशले शनिवार पोखरा निन्जाजलाई हराउँदै पहिलो जित हात पारेको थियो ।

पछिल्लो खेलमा विजयी मधेश त्यही लय कायम राख्ने लक्ष्यमा छ । अर्कोतर्फ ललितपुर क्विन्ससँग आफ्नो पहिलो खेलमा पराजित भएको काठमाडौं स्पाइकर्स भने पहिलो जितको खोजीमा छ ।

यसैगरी अर्को खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाज दुवै टोली पहिलो जितको खोजीमा छन् । लुम्बिनी आफ्नो पहिलो खेलमा साविक विजेता कर्णाली यशविसविरुद्ध पराजित भएको थियो । कर्णाली विरुद्ध पहिलो सेट आफ्नो पक्षमा पारेपनि लुम्बिनीले त्यो लय कायम राख्न नसक्दा ३-१ को सेटमा खेल गुमाएको थियो ।

यस्तै कप्तान अरुणा शाही तेस्रो सेटमा घाइते हुँदै कोर्ट छाड्नुपर्दा त्यसको पनि असर पर्‍यो । निधारमा चोट लागेको अरुणाले आजको खेल खेल्ने छैनन् ।

यस्तै घरेलु टोली पोखराले लगातार दुई खेल हारिसकेकोले पनि आजको खेल जित्नैपर्ने अवस्थामा छ । पहिलो खेलमा कर्णालीसँग पराजित भएको मधेश दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय