+
+
Shares

राप्ती नदी किनारमा वाईसीएलले रोप्यो १,५०० बिरुवा  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ७:५४

२३ भदौ, दाङ । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले दाङको गढवा गाउँपालिकाको नदी कटान क्षेत्रमा १ हजार ५०० बिरूवा रोपेको छ ।

राप्ती नदीको कटान रोक्न गरिएको तटबन्धको चार किलोमिटर क्षेत्रमा विभिन्न प्रजातिका १ हजार ५०० थान बिरुवा रोपेको वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

‘श्रम तथा उत्पादनमा वाईसीएलको अभियान अन्तर्गत वाईसीएल नेपाल लुम्बिनी प्रदेशको आयोजनामा १ हजार ५०० बिरुवा रोपेका हौं,’ अध्यक्ष ओलीले भने ।

राप्ती नदी नियन्त्रणका लागि एसियाली विकास बैंकको सहयोगमा सरकारले ६ मिटर अग्लो बाँध बाँधेको छ । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत बनाइएको सो बाँधलाई जोगाउन, हरियाली प्रवर्द्धन गर्न र श्रम संस्कृतिको विकास गर्न वृक्षरोपणले सघाउने वाईसीएल अध्यक्ष ओलीको विश्वास छ ।

वृक्षरोपण कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, लुम्बिनी प्रदेश सांसद इन्द्रजीत चौधरी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (विश्वास), वाईसीएल अध्यक्ष पुष्प ओली, वाईसीएल लुम्बिनी प्रदेश इञ्चार्ज निर्मला के.सी, प्रदेश अध्यक्ष कृष्ण सारूलगायत नेता कार्यकर्ताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?