+
+
Shares

झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले स्थितिलाई निइन्त्रणमा लिन हवाई फायर गरिएको अनलाइनखबरसँग पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १७:५२
विर्तामोड नगरपालिका अगाडि देखिएको तनाव । तस्वीरः प्रदीप परियार/झापा

२३ भदौ, झापा । झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ ।

काठमाडौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले स्थितिलाई निइन्त्रणमा लिन हवाई फायर गरिएको अनलाइनखबरसँग पुष्टि गरे । तर, स्थानीयले चाहिँ केही व्यक्ति प्रहरीको गोली लागेर घाइते भएको बताएका छन् ।

घाइतेलाई विएण्डसी अस्पताल पठाइएको स्थानीयको भनाइ छ । यसअघि दमकमा भएको प्रदर्शनमा समेत प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका छन् । कम्तिमा ३ जनाको विएण्डसी अस्पतालमा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?