+
+
Shares

कांग्रेसका शीर्ष नेताको आकस्मिक बैठक जारी

सोमबार जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारणको मृत्यु एवं दर्जनौं घाइते भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जेनजीको विरोध प्रदर्शनमा प्रहरी दमनपछि आकस्मिक बैठक बोलाउनुभएको छ।
  • जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ जनाको मृत्यु भएको छ।
  • आन्दोलन उपत्यका बाहिर पनि फैलिएको छ र इटहरीमा दुई जनाको मृत्यु भएको छ।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी रहेको छ ।

सोमबार जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारणको मृत्यु एवं दर्जनौं घाइते भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक साँझ ५ बजेदेखि जारी छ ।

जेनजीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ जनाको मृत्यु भएको छ । आन्दोलन उपत्यका बाहिर पनि फैलिएको छ । इटहरीमा दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?