+
+
Shares

नरेन्द्रका एक्ला छोरा थिए सुलभ, जेनजी प्रदर्शनमा गुमाए ज्यान

सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाई मार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए । 

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८२ भदौ २३ गते २३:१४
छोरा सुलभसँग बुवा नरेन्द्र ।

२३ भदौ, नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभराज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाईमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

सुलभ पढाइमा जेहेन्दार र मिहिनेती रहेका उनका छिमेकी भोजराज शर्माले जानकारी दिए ।

सुलभको घर रहेको धम्बोझी शोकमा डुबेको छ । सुलभको घरमा  छिमेकी र आफन्तहरुको भीड लागेको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, घाइते भएका ३४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।

लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?