+
+
Shares

क्याबिनेटमा प्रधानमन्त्रीले भने- जेनजीको प्रदर्शनमा घुसपैठ भयो

प्रधानमन्त्रीले ब्रिफिङका क्रममा भनेका थिए, ‘हामी संवेदनशील पनि थियौं । तर, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २१:००

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सोमबारको प्रदर्शनबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

जेनजीहरूको मागबारे सरकार संवेदनशील भएको, उनीहरू सचेत भएको लगायतका ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्य अराजक तत्वहरूले घुसपैठ भएको बताए ।

‘जेनजीहरू सकारात्मक तरिकाले प्रदर्शनमा उत्रिएका थिए । युवा पुस्ताहरूको शान्तिपूर्ण आन्दोलन राम्रै हुने अपेक्षा थियो,’ प्रधानमन्त्रीले ब्रिफिङका क्रममा भनेका थिए, ‘हामी संवेदनशील पनि थियौं । तर, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ ।’

उनले घुसपैठ भएको कुरा जेनजीहरूले पनि स्वीकार गरिसकेको समेत बैठकमा ब्रिफिङ गर्ने क्रममा भने ।

‘यो कुरा जेनजीले पनि स्वीकार गरेको छ । सोही घुसपैठका कारण युवाहरूको ज्यान गयो,’ प्रधानमन्त्रीले भनेका थिए ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल लिन नसकिने पनि बैठकमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?