+
+
Shares

साँगामा उपत्यका प्रवेश गर्ने सवारी र मानिसलाई रोक

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २४ गते ९:२३

२४ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेबाट उपत्यका प्रवेश गर्ने पूर्वी नाका बनेपाको साँगाबाट मानिस तथा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा कर्फ्युु आदेश जारी भएपछि मानिस तथा सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

जेनजीहरूको प्रदर्शनका कारण हिजो पनि काभ्रेका विभिन्न ठाउँमा प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको थियो ।

आज पनि काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा कर्फ्यु लगाइएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?